US Khabar

गैरआवासीय नेपालीले ‘गैर आवासीय नागरिकता’ पाउने, झनै वाध्यकारी बन्यो औचित्य सकियो भनिएको एनआरएन कार्ड

- USKHABAR | २ महिना पहिले प्रकाशित

गैरआवासीय नेपालीले ‘गैर आवासीय नागरिकता’ पाउने, झनै वाध्यकारी बन्यो औचित्य सकियो भनिएको एनआरएन कार्ड

गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । गत साता नेपाल सरकारले पारित गरेको ‘नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली २०८०’ पारित भएपछि नेपाल बाहिर रहेका नेपालीमुलका व्यक्तिहरुले गैर आवासीय नेपाली नागरिकता लिन पाउने अधिकार दिएको हो ।

नियमावली अनुसार नेपालीमुलका व्यक्तिहरुले आफू रहेको देशको नागरिकता लिइसकेको अवस्थामा संबन्धित देशमा रहेका नेपाली दूतावास मार्फत वा नेपालमा जिल्ला प्रशासन कार्यालयहरुबाट यस्तो नागरिकता लिन पाउनेछन् । गैर आवासीय नेपाली नागरिकता लिनेहरुले नेपालको सरकारी सेवा गर्न ९जागिर गर्न० र चुनावमा मत दिन, उम्मेदवार हुन भने पाउने छैनन् नेपालमा व्यबसायमा लगानी गर्न, सम्पत्ति किनबेच गर्न भने यो नागरिकताले अधिकार प्रदान गरेको छ ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ । यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ । गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिवद्धता अर्थात शपथ गराउनुपर्नेछ ।

गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सुरु भएपछि ‘गैर आवासीय नेपाली ९एनआरएन० कार्ड’ को औचित्य समाप्त हुने चर्चा चलेकोमा त्यसलाई झनै वाध्यकारी बनाउन खोजिएको छ । गैर आवासीय नेपाली नागरिकताको आवेदन दिँदा आवेदन फर्मको नम्बर–३ मा गैर आवासीय परिचयपत्रको विवरण भर्नुपर्ने वाध्यता बनाइएको छ । गैर आवासीय नेपाली परिचय पत्र संबन्धित देशमा रहेका नेपाली दूतावासहरुले महंगो शुल्क अशुल गरेर दिँदै आएका छन् । जस्तै अमेरिकामा रहेका नेपालीमुलका व्यक्तिहरुले एनआरएन कार्ड लिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्छ । त्यस्तै बेलायतमा तीनसय ६५ पाउण्ड तिर्नुपर्छ । अष्ट्रेलियामा ५ सय ७२ डलर, क्यानडामा ६ सय ९० डलर, युरोपमा ५ सय अमेरिकी डलर तिर्नुपर्छ ।

नागरिकताको आवेदन फर्ममा गैर आवासीय नेपाली परिचयपत्र वाहकको नाम थर, परिचयपत्र नम्बर र जारी भएको मितिको विवरण भर्नुपर्ने व्यबस्था गरिएको छ । यो व्यबस्थाले नागरिकता प्रदान गर्ने नाममा घुमाई फिराई नेपाल सरकारले एनआरएन कार्ड पनि वाध्यकारी बनाएर त्यस वापत लिदै आएको शुल्क उठाइरहन खोजेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">