US Khabar

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान

- USKHABAR | २ महिना पहिले प्रकाशित

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान

प्रधान सेनापति महारथी प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । आइतबार प्रधान सेनापति शर्मा भोलिदेखि यही असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेका थिए । भारत प्रस्थान गर्नुपूर्व आजै उनलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्किने छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">