US Khabar

पौडेल भन्छन्- गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन

- USKHABAR | २ महिना पहिले प्रकाशित

पौडेल भन्छन्- गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन् । आइतबार केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा उनले सरकारलाई निर्देशित गर्न सक्नुपर्ने बताए । उनले भने, ‘सभापति ज्यूको नेतृत्वमा प्रधानमन्त्रीकोमा गएर यो काम गर भनेर भन्न सक्नुपर्छ । सरकारलाई निर्देशित गर्न सक्नुपर्छ । गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन ।’

नेता पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् । नेपा पौडेलले भने, ‘एक बोरा चामलको मूल्य तीन सयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुप¥यो ।’ देशको आर्थिक संकटले सबै पलायन हुने अवस्था आएको भन्दै उनले सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">