US Khabar

इनास अमेरिकाको पाँचौ राष्ट्रिय अधिवेसन मेरिल्याण्डमा हुदै

- USKHABAR | २ महिना पहिले प्रकाशित

इनास अमेरिकाको पाँचौ राष्ट्रिय अधिवेसन मेरिल्याण्डमा हुदै

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको पाँचौ राष्ट्रिय अधिवेसन मेरिल्याण्डमा हुने भएको छ । आगामी सेप्टेम्बर २४ आइतबारका दिन नाटिंङ्गगम स्थित फ्यामिली किचेन नामक चमेनागृहमा आयोजना हुन लागेको हो । अधिवेशन बिहान ११ः३० बजे देखि संस्थागत रुपमा आन्तरिक बैठक १ बजे सम्म रहने छ भने १ बजे पछि अन्य अतिथि तथा अतिथि कलाकारहरुलाई आमन्त्रित गरिएको छ ।

अन्य अतिथि तथा अतिथि कलाकारहरुलाई १ बजे दिवा भोजनको व्यवस्था गरिएको छ । औपचारिक कार्यक्रम १ः३० देखि सुरु हुने इनास अमेरिकाका राष्ट्रिय महासचिव राहुल केसीले बताए । अधिवेशनको अन्तमा कलाकारहरुबाट नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ ।

कार्यक्रममा प्रविशा अधिकारी,तुलसी पराजुली, आभा मुकारूगं, अन्जना गुरूगं शिव वि क ,श्याम गुरूग, कल्पना लक्ष्मण पौडेल , स्वरूपा रसाईली राजु ढंगेल ,खिम मस्रंगी , रमेश परियार, सज्जन बोहोरा अपेक्षा र रूवी को पनि प्रस्तुती रहने छ । उक्त अधिवेशनमा केही कलाकर्मीहरुलाई बिशेष सम्मान समेत गरिने भएकोले स्थानीय सबै संघरसंस्थाका प्रतिनिधिहरुलाई समेत यसै मार्फत निमन्त्रणा गरिएको इनास अमेरिकाका महासचिव राहुल केसीले जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">