नेपाली समाज टेक्ससले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा नेपाली परेड आयोजना गर्ने भएको छ ।
अगामी सेप्टेम्बर ३० तारिक शनिबार भव्य नेपाली परेड सहित विविध कार्यक्रम आयोजना गरि रजत जयन्ति मनाउने भएको हो । टेक्ससमा कृयासील सम्पूर्ण सामाजिक संघसंस्थालाई नेपाली परेडमा सहभागी हुन नेपाली समाज टेक्ससले अनुरोध समेत गरेको छ । ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरबार बिहान साढे ९ बजे बाट आयोजना हुने कार्यक्रमको तयारीका लागी बिजय भुषाल, जेनिन पुरी, मकर बज्राचार्य र बलराम पौडेलको सदस्यतामा तयारी उपसमिती गठन गरिएको छ ।
कार्यक्रमको तयारी लगायतका बिषयमा जानकारी तथा छलफलका लागी समाजले सेप्टेम्वर २४ आइतबार नेपाल अमेरिका पत्रकार संघ संगको सहकार्यमा पत्रकार सम्मेलन तथा सामुदायिक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।
प्रतिक्रिया