नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, वर्तमान सरकारले अहिले सम्म कुनैपनि महत्वपूर्ण काम गर्न नसकेको टिप्पणी गरेका छन् । आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन नसक्ने भन्दै यो सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले भने ‘राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन सक्दैन् । सरकार बनेको ९ महिनामा एउटा काम के भयो त, ७४ मा यति समयमा ५० औं नयाँ ऐन बनिसकेका थिए ।’
त्यस्तै उनले भने आफ्नो कार्यकालमा भएका काम जस समेत अरुले लिएको टिप्पणी गरे । उनले काठमाडौंमा आफूले गरेका कामको जस समेत अहिलेका मेयरले लिएको आरोप लगाए । ‘राती म टिकटक हेर्दै थिए, हामीले रोपेका विरुवाहरु सरर देखाएर एउटा मेयर मात्रै राम्रो मान्छे पर्यो भने यस्तो हुदो रहेछ नि त भनेर ठूला ठूला भएको विरुवाहरु देखाएर, बिजुली बजारमा बनाएरको ब्रिज देखाएर, एउटा मात्रै काम गर्ने मान्छे आयो भने यस्तो हुदाँ रहेछ भनेर हामीले रोपेका विरुवाहरु देखाएर, हामीले बनाएको बाटो देखाको छ । प्रचार यसरी हुदाँ रहेछ ।’ उनले भने ।
अर्को प्रसंगमा उनले, दिगो विकासका लागि जनशक्ति पलायनलाई रोक्न जरुरी रहेको बताए । उनले भने ‘नेपालमा अहिले बच्चाहरुलाई पढाउने हुर्काउने अनि काम गर्न सक्ने भएपछि बाहिर पठाउने यो कामलाई रोक्नु पर्छ अनि मात्र दिगो विकासको सम्भावना छ । ’
प्रतिक्रिया