नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या १८३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन् । जसमा काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, कास्कीकी ३२ वर्षीय एक महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित बढेको नेपालमा काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
प्रतिक्रिया