US Khabar

राजकीय बेथितीबाट आजित आमनागरिकले चालेको पहिलो पाईला ‘रक्षक सभा’

- USKHABAR | २ महिना पहिले प्रकाशित

राजकीय बेथितीबाट आजित आमनागरिकले चालेको पहिलो पाईला ‘रक्षक सभा’

स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माण गर्न रक्षक सभाले माग गरेको छ । बुधबार रक्षक सभाले एक पत्रकार सम्मेलन गर्दै देशको राजनीतिले सर्वत्र निराशा मात्र छाएको भन्दै तेस्रो संविधासभा निर्वाचनको माग गरेको हो । यसका लागि उसले आ-आफ्नो विवेक र क्षमता प्रयोग गर्न सुझाउनुका साथै वर्तमान व्यवस्थाका सबै संरचनालाई संम्भव भएसम्म असहयोग गर्न पनि आह्वान गरेको छ। राजकीय बेथिती, अनुत्तरदायित्व र लक्ष्यहीनताबाट आजित आमनागरिकले एक सुगम निर्माणका निम्ति चालेको पहिलो पाईलाको नाम नै रक्षक सभा भएकाले मुलुकलाई सहि मार्गमा डोर्याउन आफुहरूले यस्ता माग अघि सारेको सभाका सहजकर्ता डम्बर साहुको भनाई छ।

कार्यक्रममा राजनितिक समालोचक सौरभ, स्वतन्त्र उम्मेदवारी अभियानका नेता डम्मर शाहु लगाएतको उपस्थिति थियो । शताव्दी बित्न लाग्यो तर सूर्य यो देशमा कहिल्यै उदाउन नसकेको उपस्थित वुद्धिजिविहरुको भनाई थियो । विज्ञप्ती जारी गर्दै रक्षक सभाले भनेको छ ‘यति लामो कालरात्रीमा करोडौं नेपालीका सपना सोत्तरान भए, तर ती सपनाहरु थाकेर, हारेर, वितेरै गए या विदेश लागे, असूरहरुले कहिले लेनिनका सपना साकार गर्छौं भने, कहिले गान्धीका सपना साकार गर्छौं भने, कहिले माओका सपना साकार गर्छौं भने । आज सम्म एक निमूखा र निसहाय नेपालीका सामान्य भन्दा सामान्य सपना साकार गर्न सम्म पनि कूनै सक्षम सन्तान जन्मेनन् । राजनीति, मानव अधिकार, निर्वाचन, कानून, संचार, नागरिक समाज सवै विदेशी उत्पादन वेच्ने, जर्वजस्ती थोपरिएका, आफैंले आफैंलाई माला लगाएका नेपाली पसलहरु हून् भन्ने बुझ्दा बूझ्दै आँखाहरु, मन र शरिर सबै थाकिसके । उदियमान भनिएका पात्रहरुले पनि कून खाडलमा कून दिन जाकिदिने हून् रु त्यतिबेला हामीले कति पछुताउनु पर्ने, हो कूनै ठेगान छैन ।’

स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माण गरी तेस्रो संविधान सभाको निर्वाचन गर्नुपर्ने सभाको माग रहेको छ । यसका लागि उसले स्वतन्त्र बुद्धिजीवीहरूको छनौट गरी तत्काल २ सय ५ सदस्यीय संसद तत्काल खडा गर्न पनि माग गरेको छ । आफ्नो माग पुरा गर्न बन्द, हड्ताल जस्ता नागरिकहरूलाई दु:ख दिने काम भने नगर्न सभाले सबैलाई सचेत गराएको छ । वर्तमान संविधान लागु भएपछाडी गत मङ्सिर ४ मा सम्पन्न भएको दोस्रो आम निर्वाचनले १ वर्ष टेक्दै गर्दा मङ्सिर १ देखी ७ सम्म स्वतन्त्र बुद्धिजीवीहरूको भेला गरी राष्ट्रिय सम्मेलन गर्ने पनि सभाले घोषणा गरेको छ। अहिलेको संविधान र राज्यसत्ताको वागडोर समालिरहेको दलहरूबाट मुलुक दिनानुदिन कमजोर हुदै गएको निष्कर्ष निकाल्दै सभाले आफुहरूले मुलुकलाई नयाँ दिशा दिन यस्तो माग गरिएको उसले जिकिर गरेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">