US Khabar

एसियाड महिला फुटबलः नेपालले आज भियतनामसँग खेल्दै

- USKHABAR | २ महिना पहिले प्रकाशित

एसियाड महिला फुटबलः नेपालले आज भियतनामसँग खेल्दै

१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ ।
पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">