हरेक बर्ष हरितालिका तीजको अबसरमा आयोजना हुँदै आएको तीज गीत प्रतियोगिता एबम महोत्सव यो बर्ष पनि हेटौंडाको पशुपती मन्दिर परिसरमा भब्य रुपले सम्पन्न भएको छ। नेशनल गोल्ड टेलिभिजन र हेटौँडा एफ एमले संयुक्त रुपमा आयोजना गरेको तीज गीत प्रतियोगिता एबम तिज महोत्सवमा हजारौँ दर्सकले सहभागिता जनाएका थिए ।
निराहार व्रत बसि नाचगान गरेर रमाउने महिला दिदिबहिनी एबम दाजुभाइहरु घामको प्रवाह नगरी दिनभरी नाचिरहेका देखिन्थे। यो रास्ट्रीय स्तरको तीज गीत प्रतियोगितामा दस ओटा प्रतियोगी समुहले भाग लिएका थिए। जसमध्य सानो पोखरा आमा समूह प्रथम, हजुरआमा समूह द्वितीय एबम दियालो समुह तृतीय र सामना बनस्पति समूह सान्त्वना स्थान हासिल गरेका थिए। कार्यक्रममा प्रमुख निर्णायकको रुपमा गायक तथा सँगितकार नवीन पौडेल रहेका थिए भने अन्य निर्णायकहरुमा राजु लामा, बिन्दु परियार, मिनाश्री लुङ्गेली, गिता भट्टराई रहेका थिए। कार्यक्रमको प्रमुख अतिथी बाग्मती प्रदेश सरकारकी माननीय मन्त्री कुमारी मोक्तान रहनु भएको थियो।
विभिन्न झाँकी सहित आयोजना गरिएको प्रतियोगिता एबम महोत्सवमा विभिन्न कलाकारले आआफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए। निर्णायक एबम गायक नवीन पौडेलको प्रस्तुतिले सबैलाइ लोभ्याएको थियो। उनले मन परेरै हो मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरैहो, हरहर बासना अगरबत्तिको, के सम्झनु छर जान्न मत त्यो घर, लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ भ्रष्टाचारजतिलाइ पुर्याइदिउँ छेउ लगायतका गीत प्रस्तुत गर्दा महिला दिदी बहिनी मात्रै होइन उपस्थित हजारौँ आमाबुवा दाजुभाइ दिदी बहिनी बृद्द बृद्दा सबै दर्सक ले व्यापक साथ दिएका थिए। आयोजक संस्थाका प्रमुख उज्ज्वल चौलागाइँका अनुसार दर्सकहरुको अत्यन्तै माग भएकोले यो बर्ष पनि लगातार गायक नवीन पौडेललाई आमन्त्रण गरिएको बताउनुभयो ।
कार्यक्रममा गायिका बिन्दु परियारले पर्ख पर्ख मायालु लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन। त्यसैगरि गायिका मिनाश्री लुङ्गेलीले स्याउ फल्यो जुम्लामा, सुनको चुरा छ, पुर्ब घुम्न जाम, गीता भट्टराईले ए ठुले, बाच्छिले धान खायो, हेटौँडा आइडलका बिजेता दिपेश श्रेष्ठ, भ्वाइस अफ किड्सका बिजेता जेनिश उप्रेती लगायतले आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया