US Khabar

अमेरिका निवासी पत्रकार चापागाईको शब्दमा “परदेशी २” को नयाँ गीत सार्वजनिक

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिका निवासी पत्रकार चापागाईको शब्दमा “परदेशी २” को नयाँ गीत सार्वजनिक

अमेरिका निवासी पत्रकार सतीश चापागाईको शब्दमा नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ।

सतीश चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडिओमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

प्रशान्त तामाङको स्वर रहेको गीतमा र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ।

राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।

गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाईले कविता र गीतहरु पनि  लेख्छन् । चापागाई नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">