US Khabar

फेरि सुरु भयो लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द, गल्ती गरेको सञ्चालक भिक्टरको स्वीकार

- USKHABAR | २ महिना पहिले प्रकाशित

फेरि सुरु भयो लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द, गल्ती गरेको सञ्चालक भिक्टरको स्वीकार

४० लाखभन्दा बढी फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबी) फेरि सक्रिय भएको छ । आफूबाट विगतमा केही गल्तीहरू भएको स्वीकार गर्दै अब गल्ती नगर्ने वाचा सहित पेज सक्रिय भएको हो । ‘कुनै पनि गल्ती वा त्रुटिहरू जानाजान नगरिएको र ती गल्तीहरू सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित पेज सक्रिय गरिएको छ । रुटिन अफ नेपाल बन्द पेजमा नै लामो स्टाटस सार्वजनिक गर्दै पेज सञ्चालनमा आएको जानकारी गराइको छ । ख्यालख्यालैमा सुरु भएको रुटिन आरओएनबी सबैको साझा दैनिकी बनिसकेको स्टाटसमा प्रस्ट पारिएको छ ।

उत्साह, सकरात्मक सोचसंगै आफु शिकारु भएको र नयाँ प्रबिधि, सकारात्मक खबरमात्रै दिने नयाँ प्रयास र नयाँ पुस्ताको मनपर्ने शब्दहरुको संयोजन जति रोमाञ्चक थियो, त्यति नै जोखिमपुर्ण रहेको पनि स्टाटसमा उल्लेख गरिएको छ । अबका उद्देष्यहरु न्यूनतमरुपमा यी हुनेछन् भन्दै ९ बुदे उद्देष्यहरु पनि प्रकाशन गर्दै पेज सञ्चालमा आएको हो । जसमा पब्लिक कम्पनीमा जाने सम्भावना खोजी , ब्रेकिङ भन्दा पनि सत्य र प्रमाणीत बनाउने , सामाजिक कार्य जस्ता हेल्प पोस्टहरुलाई पहिलो प्राथमिकता दिने, नेपालमा बनेको वा कुनै विशेष स्टार्ट अपको बारेमा निशुल्क प्रमोसन र कुनै व्यक्ति वा समूहको ब्रान्डकारुपमा मात्र नरहेर सम्पूर्ण आमसर्वसाधारण नेपालीको पहुँच र सम्पर्कको ब्रान्डकारुपमा स्थापित गर्ने दिशातिर लाग्ने लगाएतका विषय रहेका छन् ।

श्रीमति सवार महानगरको गाडीलाई ट्राफिकले रोकेको भन्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो ।

भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गरेको थियो । पुत्रीलाभको खबर सार्वजनिक गरेर आलोचनालाई डाइभर्ट गर्न भुमिका निभाएको रुटिन अफ नेपाल बन्दलाई आरोप लागेको थियो । रुटिन अफ नेपाल बन्दले पुत्रीलाभको खबर सार्वजनिक गरेपछि सञ्चारमाध्यमले एक हप्ता अगाडी नै शिशुको जन्म भइसकेको समाचार प्रकाशन गरेपछि सो आरोप पुष्टि भएको थियो ।

मेयर बालेनको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको थियो । सञ्चालक भिक्टर पौडेलले भदौ १८ गते फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै रुटिन अफ नेपाल बन्दको फेसबुक र इन्स्टाग्रामको पेज बन्द गरिएको थियो ।

२०६८ सालमा बन्दको ‘अपडेट’ दिन १६ वर्षे ठिटोले शुरू गरेको सामान्य फेसबूक पेज थियो, आरओएनबी। त्यती बेला नेपाल बन्द धेरै सुनिन्थ्यो । कहिले कुन पार्टीको बन्द, कहिले कुन समूहको बन्द । एक हिसाबमा त्यस समय नेपाल बन्दको रुटिन नै बन्थ्यो । त्यही कारण सञ्चालनमा आएको पेज २०८० सालमा आइपुग्दा युवाको ठूलो जमात विश्वास गर्ने माध्यमा बन्न सफल भएको छ । नेपालका ठुला भनिएका सञ्चार माध्यमको भन्दा राम्रो विश्वासको माध्यम बनेको छ आरओएनबी । केहि समचार आउदा सत्यता जाच गर्न आरओएनबीले पोस्ट गरेको छ की नाई भनेर जाच गरिने वातावरण छ अहिले ।

अहिले आरओएनबीको प्रभाव राष्ट्रिय राजनीतिसम्मै विस्तार भइसकेको छ। त्यसको उदाहरण नेपाली कांग्रेस नेत्री आरजु राणाको टिप्पणी थियो । २०७९ असार ६ गते एउटा कार्यक्रममा कांग्रेस नेत्री राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आरओएनबीलाई ‘कन्सल्ट्यान्ट हायर’ गरेकाले चुनाव जितेको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">