US Khabar

साफ यू–१९ च्याम्पियनसिप आजदेखि, नेपाल र पाकिस्तान खेल्ने

- USKHABAR | ३ महिना पहिले प्रकाशित

साफ यू–१९ च्याम्पियनसिप आजदेखि, नेपाल र पाकिस्तान खेल्ने

साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । आजदेखि काठमाडौँमा सुरु भएको समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">