US Khabar

महानगर सुरु भयाे द्रुत बस सेवा, ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्न सकिने

- USKHABAR | २ महिना पहिले प्रकाशित

महानगर सुरु भयाे द्रुत बस सेवा, ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्न सकिने

४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा सञ्चालनमा आएको छ।। संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुको लागि भने बिहिवारबाट मात्रै सञ्चालनमा आउनेछ । बुधबार उद्घाटनपछि द्रुत सेवाको बसमा भौतिक मन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका थिए । द्रुत बस सेवा अन्र्तगत सुरूमा २५ वटा द्रुत बस चल्ने छन्। यी बसका लागि छुट्टै लेन ९रातो रङले छुट्टयाइएको० छ। बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।

द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ। ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिने छैनन् । एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउनेछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ।

सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ। कार्यालय समयमा अत्यधिक जाम हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस चलाइएको हो। द्रुत बस सेवाअन्तर्गत चल्ने बसहरू छुट्टै भने हुने छेनन् । यो रूटमा यसअघि चल्ने ठूला बसहरूलाई नै द्रुत बसका रुपमा चलाइएको छ। यात्रुलाई यी बसहरू ठम्याउन सजिलो होस् भनेर बसको अगाडि भागमा द्रुत बस सेवा भनेर लेखिने छ ।

कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्क पुग्नलाई डेढ घन्टासम्म लाग्ने बाटोमा ४५ मिनेटमै सकिने भए पछि द्रुत बस सेवालाई उत्साहका साथ हेरिएको छ । बसहरु पुरानै भए पनि सेवा र यी बसको सञ्चालन भने नयाँ हुने छ । द्रुत बसहरु ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पग्न सफल हुने अपेक्षा पनि गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो कार्यको चोतर्फी प्रसंसा पनि भइरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">