भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भन्दै प्रशंसा गरेका गरेका छन् । यसलाई नेपाली कलाकारले पाएको अहिले सम्म कै उच्च स्तरको प्रशसा भन्दा पनि खासै फरक नपर्ला । प्रशंसा जो कोहिले पनि गर्छ तर कुनै समय प्रशंसा कुन व्यक्तिले गरेको हो भन्ने कुराले बढि अर्थ राख्छ । नेपालमा त उनका कामको प्रशंसा भइ नै राख्छ तर योगगुरु रामदेवले गरेको प्रशंसाले भने उनलाई अन्तराष्ट्रिय रुपमै चिनाएको छ । भारत लगायत विश्व भरि नै प्रसंसक भएका व्यक्ति मध्यका रामदेवले नै सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भने पछि नेपाल कै सान बढेको छ । एउटा नेपाली कलाकारको लागी यो भन्दा ठुलो सफलता अरु के नै होला र ।
पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुति दिएका थिए । स्टेजमा उक्लिएका सपुतलाई रामदेवले स्वागत गर्दै खुलेर प्रशंसा गरेका थिए । उनले सपुतलाई अँगालो हाल्दै उनलाई नेपालका ठूला स्टारको रुपमा चिनाएका थिए । सपुत आफ्नो काममा पूरै निष्ठावान भएकाले उनलाई सयमा सय नम्बर दिन्छु भन्दै रामदेवले प्रशंसा गरेका थिए । संसारभर नेपाली समाजको गौरव बढाउन पनि रामदेवले सपुतलाई शुभकामना दिएका छन् । सपुतले पनि यो पर्फमेन्सपछि सामाजिक सञ्जालमार्फत आफूले पाएको सफलता अमूल्य र अकल्पनीय रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले दर्शकमाझ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन र नेपालीहरुको अथाह माया प्रत्यक्ष महसुस गर्न पाएको पनि लेखेका छन् । भारतको हरियाणा राज्यको महेन्द्रगढ जिल्लास्थित सैद अलीपुर गाउँमा जन्मिएका बाबा रामदेव योग गुरुको रुपमा परिचित छन् । उनी भारतमा मात्र नभएर विश्वभरि नै चर्चित छन् ।
कुनै समय थोत्रो साइकलमा च्यवनप्रासको व्यापार गर्ने बाबा रामदेव अहिले अर्बौँको सम्पत्तिका मालिक छन् । पतञ्जलि कम्पनीमार्फत उनले घरका भान्छा–भान्छामा उपभोग्य वस्तु पठाइरहेका छन् । नेपालमा पनि उनले दुई टेलिभिजन ‘आस्था’ र ‘पतञ्जलि नेपाल’ छन् ।पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका सर्जक हुन् प्रकाश सपुत । हुन त गायकको परिचयले मात्र उनको पहिचानलाई न्याय नगर्ला तर उनी गायक कै रुपमा बढी लोकप्रिय छन् । गायक मात्र नभएर अभिनेता, मोडल, निर्देशक का रुपमा पनि उनी उत्ति कै लोकप्रिय छन् ।
वर्तमान नेपाली संगीतमा प्रकाश नयाँ सिर्जनाका लागि दर्शक–स्रोतालाई पर्खाउन सक्ने ताकत राख्ने सर्जक हुन्। आमजनको कथाव्यथा हुँदै गुज्रिने उनका हरेक सिर्जनाले मटुको भित्री तह हल्लाइ दिन्छन्। सामाजिक विषयबस्तुमा आफ्ना सिर्जना बनाउने र सामाजि विभेद, दमन र बिसंगती विरुद्धका पात्रको चरित्र चित्रण गरि कलात्मक रुपमा प्रस्तुत गर्ने उनको कला दर्शकले मन पराएका छन् । उनका ‘गलबन्दी’ ‘बोल माया’, ‘पीर’ ‘सकम्बरी’ ‘के मेरो पनि होइन र यो देश’, ‘कुरा बुझ्न पर्च’ ‘दमाई महाराजा’ लगायत दजनौँ गीत नेपाली दर्शकमाझ लोकप्रिय छन । प्रकाशको प्रशंसा मात्र होइन बेला बेला आचोलना पनि हुने गर्छ । धेरै जसो उनका गीतहरु विवादित र आलोचि छन् उनै आलोचित गायकले आज अन्तराष्ट्रिय प्रशंसा बटुलेका छन् । गायक तथा मोडलका रुपमा देखिने प्रकाश फिल्ममा समेत देखिदै छन् । उनको डेब्यु फिल्म ‘परदेशी २’ असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया