US Khabar

चितवनको आइसोलेसनबाट फरार कोरोना संक्रमित सुनिल परियार नुवाकोटबाट पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

चितवनको आइसोलेसनबाट फरार कोरोना संक्रमित सुनिल परियार नुवाकोटबाट पक्राउ

चितवनस्थित भरतपुरमा रहेको आइसोलेसनबाट फरार भएका एक संक्रमित नुवाकोटबाट पक्राउ परेका छन् । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका १९ वर्षीय जोयल भन्ने सुनिल परियार भरतपुर अस्पतालको आइसोलेसनबाट भागेपछि खोजिका क्रममा नुवाकोटबाट पक्राउ परेका हुन् ।

भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा काम गर्दै आएका नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का परियारलाई बुधबार बेलकोटगढी–६, सुकौरा खोलाको किनारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई पुन त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको ‘कन्ट्याक ट्रेसिङ’को कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">