क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेका ब्यक्तीहरु पक्राउ परेका छन् । क्यानडा पठाईदिने प्रलोभनमा एकै ब्यक्तीबाट २१ लख ठगी गरेका सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीया सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेका उनिहरुले मोरङ, शनिश्चरे घर भइ कपन, सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए ।
पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबारै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । आफुलाई प्रभावशाली भएको बताउँदै सजिलै क्यानडा पठाउन सक्ने प्रलोभनमा ठगी गरेका उनिहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया