सार्वजनिक लेखा समितिमा कार्यविधि मस्यौदामाथि छलफलमा सहभागि सांसदहरुले निर्देशन कार्यान्वयन नुहने समस्याप्रति चिन्ता व्यक्त गरेका छन् ।
सभापति ऋषिकेश पोखरेलले परिणाममुखी हनुको लागि तीन वटा विषय वस्तुलाई आधार बनाउँनु पर्ने बताए ।
आज बसेको प्रतिनिधि सभा अन्तरगत सार्वजनिक लेखा समितिको बैठकमा कार्यविधिमाथिको छलफलमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगतको निरन्तरता नदोहो¥याउन र कार्यविधि मन्त्रालयको मात्रै होईन् सबै सरकारी संस्थाहरुको पहुँच पनि पुग्ने गरी निमार्ण गर्नु पर्ने सुझाव दिए । निर्देशनहरु कार्यान्वयन नहुने समस्याप्रति उनको असन्तुष्टि छ ।उनले भने, ‘निर्देशनहरु कार्यान्वयन भएन भने विगतकै निरन्तरता हुन्छ । विगतको निरन्तरता नदोहोरियोस भन्न चहान्छु र समिति मन्त्रालयका लागि मात्रै होईन् सबै सरकारी संस्थाहरुको पहुँच पनि पुग्ने गरी निमार्ण गर्नुपर्छ ।’
त्यस्तै, सांसद गोकुल बास्कोटाले सुविधाको लागिभन्दा पनि आवश्यकताको आधारमा समिति बनाउँनु पर्ने भन्दै निमार्ण क्षेत्रमा देखिएको व्यथितिको अन्त्य गर्नको लागि कानून बनाउन निर्देशन दिनुपर्ने सुझाव दिएका छन् । ‘हाम्रा निर्णयहरु सार्वजनिक खपतको लागि होईन्, व्यवहारमा त्यसले परिणाम नदिने खालको हुन्छ । त्यस तर्फ ध्यान दिन आवश्यक छ र अर्को सुझाव कसैको सुविधाको लागि भन्दा पनि हाम्रो आवश्यकताको आधारमा समिति बनाउँनु पर्छ ।’ उनले भने ‘ निमार्ण व्यवसायिहरुलाई ठेक्का दिने पैसा नदिने यसले म्याद थप्ने लागत बढाउने यो व्यथितिको अन्त्य गर्न पनि ठोस कदम चाल्नु पर्ने छ । कानून छैन्, कानून बनाउन निर्देशन दिनु पर्छ । कानून छ त्यसलाई कार्यान्वयन गर्न तर्फ लाग्नु पर्छ ।’ बैठकमा, समिति सभापति, ऋषिकेस पोखेलले, प्रशस्त अध्ययन, त्यसका तथ्य र प्रमाणहरुका आधारमा मात्रै निर्देशन दिने परिपाटीको विकास गरिने बताए ।
प्रतिक्रिया