US Khabar

संसद् र सरकार दुवैमा स्थिरता हुनुपर्छः बिमलेन्द्र निधि

- USKHABAR | ४ दिन पहिले प्रकाशित

संसद् र सरकार दुवैमा स्थिरता हुनुपर्छः बिमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले संसद र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।

उनले देशमा कुनै एक पार्टीको पनि बहुमत नभएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गर्दै सरकारले स्थिररूपमा काम गर्न आवश्यक रहेको बताए ।

सञ्चारकर्मीहरूले प्रधानमन्त्री हेरफेर हुने सम्भावना रहेको प्रश्नमा उनले हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल रहेको बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">