US Khabar

चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने

- USKHABAR | ४ दिन पहिले प्रकाशित

चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने

आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो । संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको समय दिएपनि दोषी माथि कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो । संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">