US Khabar

सगरमाथा आरोहण गर्न अमेरिकाको टेक्सासका सांसद भोजानी नेपाल आउँदै

- USKHABAR | ५ दिन पहिले प्रकाशित

सगरमाथा आरोहण गर्न अमेरिकाको टेक्सासका सांसद भोजानी नेपाल आउँदै

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजानी नेपाल आउँदै छन् । उनले इमेल मार्फत सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका हुन् ।

उनले भने ‘सेप्टेम्बर २०, २०२३ मा नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल जाँदैछु । म सगरमाथा चढ्नु पुर्व नेपालका निर्वाचित अधिकारी, समुदायका नेताहरू र पत्रकारहरूसँग भेटेर कुरा गर्न चाहान्छु ।’

उनले त्यसका लागि भेटघाटको वातावरण मिलाई अनुरोध समेत गरेका छन् । सांसद भोजनीको सेप्टेम्बर २२ मा काठमाण्डौं पुग्ने र सेप्टेम्बर २४ वाट सगरमाथा आरोहणको लागि पदयात्रा शुरु गर्ने कार्यक्रम रहेको छ । पाकिस्तानी मूलका अमेरिकी उनी टेक्सासको हाउस डिस्ट्रिक्स ९२ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट हाउस अफ रिप्रजेन्टेटिभ हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">