US Khabar

नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु – मृतकको संख्या १७५ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु – मृतकको संख्या १७५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मृतक ११ जना मध्य २ महिला र ९ पुरुष रहेका छन् जस भक्तपुरकी ५३ वर्षीया महिला र मोरङकी ४६ बर्षिया महिला साथै काठमाडौंका ५१ वर्षीय एक पुरुष, कैलालीका ४५ र ५० वर्षीय दुई पुरुष , महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाराका ४१ र ४६ वर्षीय दुइ पुरुष, बाँकेका ३७ एक पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ जसमध्य काठमाडौंका २३०, भक्तपुरका २४ जना र ललितपुरका ४७ जना गरी उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">