US Khabar

दीपक–दीपाको मल्टिप्लेक्स हल सञ्चालन, निर्माता र प्रदर्शकले बराबर सेयर पाउने

- USKHABAR | ६ दिन पहिले प्रकाशित

दीपक–दीपाको मल्टिप्लेक्स हल सञ्चालन, निर्माता र प्रदर्शकले बराबर सेयर पाउने

फिल्म निर्माणमा सर्वाधिक सफल मानिएका दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले १० करोडको लागतमा मल्टीप्लेक्स हल सञ्चालनमा ल्याएका छन् । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो । नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको हल आईएनआई सिनेमाजको फ्रेन्चाइजीको रुपमा सञ्चालनमा आउन लागेको हो । दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीको स्वामित्व रहेको यो हलको सबै व्यस्थापन आईएनआईले हेर्नेछ । यो हलसँगै आईएनआईको हल संख्या तीन पुगेको छ । गोंगबुको ल्होत्से मल, बुटवलको मिलनचोकमा यसअघि नै दुई फ्रेन्चाइजी हल सञ्चालनमा छन् । दीपक र दीपाले सञ्चालनमा ल्याएको हलमा आजै बाट नियमित शो अन्तर्गत ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शन हुनेछन् । साथै, हिन्दी फिल्म ‘जवान’ र ‘नन् २’को पनि प्रदर्शन गरिनेछ ।

हलको उद्घाटन कार्यक्रममा दीपकराजले आफ्नो हलबाट निर्माता र प्रदर्शकले बराबर सेयर पाउने घोषणा पनि गरेका छन् । वर्षौंदेखि निर्माता र प्रदर्शकले फिल्मबाट प्राप्त गर्ने रकम बराबर हुनुपर्ने र शेयर बाँडफाँडमा हामी निर्माताको असन्तुष्टि रहँदै आएकोले भन्दै आएकोले यो हलमा भने निर्माता र प्रदर्शकबीच ५०÷५० प्रतिशत सेयर बाँडफाँड हुने उनले बताएका हुन् ।उनले आफ्नो हलमा विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने पनि बताए । ‘चलेका नेपाली फिल्म चाहिँ पीडित हुनु नपरोस् । फिल्म नै चलेको छैन भने त माया प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली फिल्मलाई पीडित हुने अवस्था आउन दिने छैनौं,’ उनले प्रतिवद्धता व्यक्त गरे । हलवाला र निर्माता नङ र मासु रहेको बताउँदै गिरीले दुवैले एकअर्कालाई बचाउनुपर्ने धारणा राखे ।
नेपाली मनोरञ्जन क्षेत्रमा दीपक र दीपा स्थापित जोडी हो । हास्य विधामा चर्चित यो जोडी रेडियो, टेलिभिजन हुँदै अहिले फिल्ममा सक्रिय छ । उनीहरूका फिल्मले लगातार राम्रो कमाइ गरिरहेका छन् । करिब २५ वर्ष सहकार्य गरेको यो जोडीको सम्बन्धका विषयमा बजारमा विभिन्न हल्ला चलिरहन्छन् ।
हास्य टेलिसिरियल तितो सत्य, मेरीबास्सै, जिरे खुर्सानीका अधिकांश हास्य कलाकारहरुको सहकार्यमा चलचित्र ‘६ एकान ६’ बाट फिल्म यात्रा सुरु गरेका थिए । नि दीपक, दीपादेखि सीताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्मल शर्मा लगायतका कलाकार यसमा संलग्न थिए ।
त्यसपछि यही टिमले ‘वडा नं। ६’ निर्माण गरेको थियो । यसमा पनि शुरूका धेरै हास्य कलाकार संलग्न रहे । त्यसपश्चात यीमध्येबाट सीताराम कट्टेल र उनकी श्रीमती कुञ्जना घिमिरे चलचित्रमा देखिएनन् र समाज सेवामा लागे । दीपक, दीपा, केदार, जितु भने निरन्तर चलचित्र क्षेत्रमै सक्रिय रहे ।
यो टीमले ‘वडा नम्बर ६’ पश्चात ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ , ‘छक्का पञ्जा ३’ , ‘छक्का पञ्जा ४ हुदैँ छ माया छपक्कै निर्माण ग¥यो । चलचित्रले राम्रो कमाई गर्दै इतिहास पनि रच्यो । यो समूहले वर्षमा एउटा चलचित्र निर्माण गर्दै आएको थियो तर केहि विवादका कारण जितु नेपाल पनि यो टिम बाट बाहिरिएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">