US Khabar

एसीसी यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट ३ जना थपिए

- USKHABAR | ६ दिन पहिले प्रकाशित

एसीसी यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट ३ जना थपिए

एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सार्वजनिक गरेको २४ सदस्यीय प्रारम्भिक टोलीमा तीन जना नयाँ अनुहारले स्थान पाएका छन् । यू–१९ विश्वकप छनोट खेलेकाहरुलाई निरन्तरता दिएको क्यानले यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरेको हो ।

यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् । यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाललगायत समेटिएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">