पछिल्लो समयका चर्चित गायक गायिका द्वय कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको तिम्रो नसा नसामा बोलको गीत कृष्ण र अस्मिताको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
क्रान्ती केसीको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा वबि रायमाझी र अन्जना कणेलको अभिनय रहेको छ । प्रेमिक भाव अभिब्यक्त यस गीतको भिडियोलाई अजय रेग्मीले छायांकन र निर्देशक क्रान्ती स्वयंले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया