अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मृत अवस्थामा भेटिए नेपाली युवा आशिष भट्टको अन्तिम पटक मुख हेर्ने इच्छा गरेका उनका बुवा आमाको इच्छा पुरा नहुने भएको छ ।
अमेरिकामा मृत अवस्थामा भेटिए नेपाली युवा भट्टको ड्यालसमै अन्तेष्टि गरिने भएको छ । शब नेपाल पठाउने अवस्था नभएपछि आशिषका नेपालमा रहेका परिवार र अष्टेलियामा रहेका परिवारका सदस्यहरुको अनुरोधमा ड्यालसमै अन्तेष्टि गरिने भएको हो ।
अमेरिकामा बस्दै आएका २७ वर्षिय नेपाली युवक भट्ट आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका थिए । भट्टको शब मुत्यु भएको पाच दिन पछि मात्रै प्रहरीले फेला पारेको थियो । एक्लै कोठामा बस्दै आएको र नेपाली समुदाय संग सम्पर्कमा नभएका कारण उनको मुत्युको घटना यसरी पाच दिन सम्म गुमनाम हुन पुगेको थियो ।
काठमान्डौको धर्मस्थली घर भएका आशिष २०१६ मा डिभी परेर अमेरिका गएका थिए । आशिष परिवारको एक्ला छोरा थिए भने अहिले उनका बुबा आमा समेत बिरामी रहेको बुझिएको छ । भट्टका बुवा हाल मुटुको बिरामी छन्, आशिष बुवालाई भेट्न नेपाल जाने तयारीमा थिए । तर बुवाको अनुहार नदेखेरै उनको निधन भएको छ ।
छोराको अन्तिम पटक मुख हेर्ने इच्छा गरेका बुवा आमा स्वास्थ्यका कारण अमेरिका जान सकेनन् त्यसैले उनको शव नेपाल पठाउने तयारि गरिएको थियो । । अमेरिकाबाट नेपाल शव पठाउने प्रकृया र खर्च धेरै लाग्ने भएकाले आशीषका नजिकका आफन्त सृजन भट्टले गोफन्ड मार्फत सहयोगको याचना गरेका थिए ।
सोमबार मात्रै आशिषको शब ड्यालसको फिनरल होममा ल्याइएको थियो । तर फिनरल होमका निर्देशक आशिषको शब नेपाल पठाउने अवस्था नभएको नेपाली समाज टेक्ससका कार्यवाहक महासचिब हरि खनालले युयस् खबरलाई जानकारि दिए ।
अहिले उनको नाममा उठेको १५ हजार ६ सय ८१ डलर सहयोग उठेको छ । सहयोग बाट प्राप्त रकमले अन्तेष्टि गरिने र बाकी रहेको रकम परिवारजनलाई हस्तान्तरण गरिने भएको छ ।
You sent
छोराको अन्तिम पटक मुख हेर्ने बुवाको इच्छा भएन पुरा, आशिषको अमेरिकामै गरिने भयो अन्तेष्टि
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मृत अवस्थामा भेटिए नेपाली युवा आशिष भट्टको अन्तिम पटक मुख हेर्ने इच्छा गरेका उनका बुवा आमाको इच्छा पुरा नहुने भएको छ ।
अमेरिकामा मृत अवस्थामा भेटिए नेपाली युवा भट्टको ड्यालसमै अन्तेष्टि गरिने भएको छ । शब नेपाल पठाउने अवस्था नभएपछि आशिषका नेपालमा रहेका परिवार र अष्टेलियामा रहेका परिवारका सदस्यहरुको अनुरोधमा ड्यालसमै अन्तेष्टि गरिने भएको हो ।
अमेरिकामा बस्दै आएका २७ वर्षिय नेपाली युवक भट्ट आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका थिए । भट्टको शब मुत्यु भएको पाच दिन पछि मात्रै प्रहरीले फेला पारेको थियो । एक्लै कोठामा बस्दै आएको र नेपाली समुदाय संग सम्पर्कमा नभएका कारण उनको मुत्युको घटना यसरी पाच दिन सम्म गुमनाम हुन पुगेको थियो ।
काठमान्डौको धर्मस्थली घर भएका आशिष २०१६ मा डिभी परेर अमेरिका गएका थिए । आशिष परिवारको एक्ला छोरा थिए भने अहिले उनका बुबा आमा समेत बिरामी रहेको बुझिएको छ । भट्टका बुवा हाल मुटुको बिरामी छन्, आशिष बुवालाई भेट्न नेपाल आउने तयारीमा थिए । तर बुवाको अनुहार नदेखेरै उनको निधन भएको छ ।
छोराको अन्तिम पटक मुख हेर्ने इच्छा गरेका बुवा आमा स्वास्थ्यका कारण अमेरिका जान सकेनन् त्यसैले उनको शव नेपाल पठाउने तयारि गरिएको थियो । । अमेरिकाबाट नेपाल शव पठाउने प्रकृया र खर्च धेरै लाग्ने भएकाले आशीषका नजिकका आफन्त सृजन भट्टले गोफन्ड मार्फत सहयोगको याचना गरेका थिए ।
सोमबार मात्रै आशिषको शब ड्यालसको फिनरल होममा ल्याइएको थियो । तर फिनरल होमका निर्देशकका अनुसार आशिषको शब नेपाल पठाउने अवस्था नभएको नेपाली समाज टेक्ससका कार्यवाहक महासचिब हरि खनालले युएस खबरलाई जानकारि दिए ।
अहिले आशिषको नाममा १५ हजार ६ सय ८१ डलर सहयोग उठेको छ । सहयोगबाट प्राप्त रकमले अन्तेष्टि गरिने र बाकी रहेको रकम परिवारजनलाई हस्तान्तरण गरिने जनाइएको छ ।
प्रतिक्रिया