US Khabar

खगेन्द्र क्षेत्री लगातार छैठौं बर्ष पनि सुपर लयरमा पर्न सफल

- Admin | ३ वर्ष पहिले प्रकाशित

खगेन्द्र क्षेत्री लगातार छैठौं बर्ष पनि सुपर लयरमा पर्न सफल

अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल हुनुभएको छ । सन् १९८७ देखी अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिंग गर्ने संस्था सुपर लयरसले सन् २०१४ देखी लगातार यस बर्ष पनि सुपर लयरमा पारेको हो ।

न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसीडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिंदै आउनुभएको छ । फोर्डधाम युनिभर्सीटीबाट जेडि गर्नुभएका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत बिभिन्न समयमा ठुला मुद्धाहरु जित्दै समेत आउनुभएको छ । लगातार छैटौ बर्षसम्म सुपर लयरमा पर्न सफल भए पश्चात क्षेत्रीले सबै शुभचिन्तक, स्टाफहरु र सेवाग्राही सबैलाई धन्यबाद दिनुभएको छ ।

अमेरिकामा आएर यो तहको उपलब्धी हासिल गर्नु आफुहरु क्षेत्री एण्ड एशोसियट्स परिवारको मात्र नभई सबै समुदायको गौरबको कुरा भएको लामो समय देखि क्षेत्रीसंगै सहकार्य गर्दैै आउनुभएका प्रवन्ध निर्देशक पिताम्बर भुषालले बताउनुभयो । भुषालले सबै टिम र सेवाग्राहि समेतलाई धन्यबाद दिनुभयो ।

एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्धामा लागिरहनुभएका सुपर लयर क्षेत्री एनआरएन अमेरिकाको पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक समेत हुनुहुन्छ । गुल्मी जिल्लाको सिर्सेनिमा जन्मेका क्षेत्री हाल न्यूजर्सीमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">