US Khabar

अमेरिकामा फेरी अर्का अश्वेत युवकमाथी प्रहरी दमन: उनका ३ बच्चाकै सामु ७ राउण्ड गोली हानियो

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा फेरी अर्का अश्वेत युवकमाथी प्रहरी दमन: उनका ३ बच्चाकै सामु ७ राउण्ड गोली हानियो

अमेरिकाको विस्कन्सिनमा एक अश्वेत युवकलाई प्रहरीले उनका बच्चाहरुको सामु नै ७ साउण्ड गोली प्रहार गरेपछि बिरोधमा प्रदर्शन भएको छ । विस्कन्सिन राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा उनका ३ बच्चाहरुको सामुन्ने सार्वजनिक स्थलमा नै उनिमाथी ७ राउण्ड गोली प्रहार गरेको हो ।

४ महिना अघि प्रहरीले मारेका जर्ज फ्लोइड हत्याको झल्को दिने यस घटनामा कारमा बस्दै गरेका उनिमाथी प्रहरीले लगातार ७ रायण्ड गोली प्रहार गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भै रहेको छ । प्रहरीले हानेको गोली उनको ढाडमा लागेको बताईएको छ ।
सार्वजनिक भएको भिडिओमा प्रहरीले घेराबन्दी गर्दागर्दै आफ्नो गाडीमा प्रवेश गर्न लागेका उनलाई लुगामा समातेर प्रहरीले लगातार पछाडीबाट गोली हानेको देखिन्छ । जुन गाडी भित्र उनका ३ जना बच्चाहरु रहेका थिए भने उनलाई गोली नहान्नका लागि अनुरोध गरिरहेकी युवतीको अनुनय पनि ह्रदय विदारक देखिन्छ ।

प्रहरीको ज्यादती सार्वजनिक हुनेबित्तिकै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् ।उनीहरुले गाडी लगायतमा आगजनी गरेका छन् भने प्रहरीसँग झडप भएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेका छन् भने सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन् ।

यस अघि गत मे मा प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन अझै पनि रोक्एिको छैन । अश्वत नागरिक माथीको क्रुर आक्रमणका रुपमा रहेको सो घटना जस्तै यसमा पनि प्रहरीले अश्वेत युवकमाथी सोही शैलीको कारवाही गरेको छ ।

जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिए पछि जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका उनको अन्तिम बाक्यलाई प्रदर्शनकारीले नारा बनाएर आन्दोलन सुरु गरेका थिए ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">