US Khabar

अमेरिकाको टेक्ससमा आशिष भट्टको निधन, शब नेपाल पठाउन सहयोग आव्हान

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

अमेरिकाको टेक्ससमा आशिष भट्टको निधन, शब नेपाल पठाउन सहयोग आव्हान

अमेरिकाको टेक्ससको ड्यालसमा एक नेपाली युवा आशिष भट्टको निधन भएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालसको अर्भिगमा बस्दै आएका २७ वर्षिय नेपाली युवक आसिष भट्ट आफनै अपार्टमेन्टमा मृत अवस्थामा प्रहरीले फेला पारेको थियो ।

काठमान्डौको धर्मस्थली घर भएका आशिष २०१६ मा डिभी परेर अमेरिका आएका थिए । आशिष परिवारको एक्ला छोरा थिए भने अहिले उनको पारिवार नेपालमा बुबा आमा समेत बिरामी रहेको बुझिएको छ । भट्टका बुवा हाल मुटुको बिरामी छन्, आशिष बुवालाई भेट्न नेपाल जाने तयारी थिए । उनको निधन के कारण भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बुवा आमाको स्वास्थ्यका कारण अमेरिका आउन गाह्रो भएको र आफ्नो छोराको अन्तिम संस्कार पहिले अन्तिम पटक मुख हेर्ने इच्छा जनाएकाले शव नेपाल पठाउने तयारी गरिएको छ । अमेरिकाबाट नेपाल शव पठाउने प्रकृया र खर्च धेरै लाग्ने भएका आशीषका नजिक आफन्त सृजन भट्टले गोफन्ड मार्फत सहयोगको याचना गरेका छन् । नेपाली समाज टेक्ससले शव नेपाल पठाउने प्रक्रियामा काम गरिरहेको जनाएको छ । यो समाचार तयार तयार गर्दा सम्म गोफण्ड मार्फत १४ हजार ६ सय २३ अमेरिकी डलर उठेको छ । तपाई पनि आशिष भट्टका बुवा आमाको अन्तिम संस्कार पहिले अन्तिम पटक मुख हेर्ने इच्छामा सहयोग गर्न चाहानुहुन्छ भने तलको लिंकमा क्लिक गरि सहयोग गर्न सक्नुहुनेछ । यूएस खबर परिवार मृक्तक आशिष भट्ट प्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछ ।

सहयोग गर्न चाहानुहुन्छ भने तलको लिंकमा क्लिक गरि सहयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">