US Khabar

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई विरूद्ध पक्राउ पुर्जी जारी

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई विरूद्ध पक्राउ पुर्जी जारी

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई विरूद्ध पक्राउपुर्जी जारी गरेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष समेत रहेका जिबी राई अर्थात जितेन्द्रबाबु राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

राईले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित ७ जनाविरुद्ध पक्राउ अनुमति लिएको छ ।

रकम फिर्ता नगरेको र बचत रकम हिनामिना गरेर फरार भएको भन्दै सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा नौ सय ७१ जनाले उजुरी दिएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">