नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजना आज तीज बिशेष कार्यक्रम हुने भएको छ । टेक्ससको डालसमा हरेक बर्षका झै यस पटक पनि तीज बिशेष कार्यक्रम आयोजना गरिने भएको हो ।
आज अर्थात शनिवार साँझ ६ बजे देखी मध्यरात सम्म आयोजना गरिएको तीज कार्यक्रम सहभागी हुन आयोजक संस्थाहरु सम्पुर्ण महिला दिदीबहिनी तथा आमाहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागिताका ३५ डलर शुल्क लाग्ने आयोजकले जनाएका छन् । सोही शुल्कमा सामुहिक दर खाने, फोटो सेसन, सांस्कृतिक कार्यक्रम तथा साना बालबालिकाका लागी चित्रकला लगायत बिबिध कार्यक्रममा खर्च गरिने बताइएको छ । इन्द्रेणी सांस्कृतिक संघले आफ्नो आयोजनामा हरेक बर्ष नेपाली समाज टेक्सससंगको सहकार्यमा तीज कार्यक्रम आयोजना गरिदै आएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र महिला दिदीबहिनीहरुलाई स्वागतका लागी आतुर रहेको इन्द्रेणी सांस्कृतिक संघका नेत्र पाण्डेले बताएका छन् ।
प्रतिक्रिया