नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा देशभक्ती गीत सार्वजनिक भएको छ । महेश्वर शर्माको शब्द र आनन्द राजको संगीत रहेको मुटुभरी देश बोकी बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
महाराज थापाको संगीत संयोजन रहेको यस गीतमा गायक ढकाल र गायिका मेलिना नेपाली राष्ट्रिय तथा मौलिक भेषभुषामा प्रस्तुत भएका छन् । नेपाली बिचको आपसी सहिष्णुता र एकताको भाव बोकेको यस गीतमा सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ ।
देवेन्द्र पाण्डेको कोरियोग्राफी र युवराज वईवाको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपेन्द्र भट्टले छायांकन र विकाश दाहालले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया