गायिक एलिना चौहान र नविन पौडेलको आवाजमा रहेको १८ कट्यौ कि कटेनौ बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको उक्त भिडियोको निर्देशन गम्भिर विष्टले गरेका हुन भने गितको एरेन्ज भने नरेन्द्र वियोगिले गरेको छन् ।
एलिना चौहानको अफिसियल युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा कुनै समय मेरि बास्सै टेलि शृङखलामा देखिएका ल्याङ्ग्री दादा अर्थात सुमन ज्योती न्यौपाने देखिएका छन् ।
अभियन कलामा राम्रो दख्खल भएका सुमन नृत्य पनि उत्तिकै उत्कृष्ट गर्छन भन्ने उक्त भिडियो देखिएको छ । त्यसैगरि, भिडियोमा गीता ढुङ्गाना, उमेश बरालको पनि उत्कृष्ट काम देख्न सकिन्छ । भिडियोको सन्देश भने अलि फरक तरिकाले दिन खोजिएको छ । १८ बर्ष उमेर नपुगि माया प्रेम गर्नु हुँदैन भन्ने गितको मुख्य सन्देश हो । यो गितको शब्द भने दिपक शर्माले लेखेका हुन् ।
प्रतिक्रिया