US Khabar

चौधरी ग्रुपले लियो बलिउड अभिनेता आयुष्मान खुराना ब्राण्ड एम्बेसडर

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

चौधरी ग्रुपले लियो बलिउड अभिनेता आयुष्मान खुराना ब्राण्ड एम्बेसडर

नेपालको प्रतिष्ठीत ब्यापारीक कम्पनी चौधरी ग्रुपले बलिउड अभिनेता आयुष्मान खुरानालाई चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यवसायिक दूत अर्थात ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि अभिनेता खुरानाले नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म–ड्रिमगर्ल २ लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">