US Khabar

नेपालले भारतलाई दियो २ सय ३१ रनको लक्ष्य

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नेपालले भारतलाई दियो २ सय ३१ रनको लक्ष्य

एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य दिएको छ । ४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो ।

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।

ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">