नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाए भने पियाले १४ मत पाए ।
१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।
उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए । ;b:o नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् ।
अन्य सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल (अरुण)र अनुजमान श्रेष्ठ निर्वाचित भए ।
तस्बिरः हाम्रो खेलकुद
प्रतिक्रिया