US Khabar

नेपालमा थप ८ जनाको मृत्यु – मृतकको संख्या १५७ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा थप ८ जनाको मृत्यु – मृतकको संख्या १५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको हो ।

मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">