अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् ।
एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् ।
क्यामरुन अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी छ ।
यसपछि एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ सहमति छ ।
‘एमसीसी परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए० नेपालको सञ्चालक समितिको बैठकले ‘इन्ट्री इन्टु फोर्स’ को मिति तय गरेको थियो । एमसीएको बोर्डमा पर्यवेक्षक रहेका एमसीसीका प्रतिनिधि पनि सकरात्मक भएपछि लेटर अफ एक्सचेन्ज’ मार्फत एमसीसी कार्यन्वयनको घोषणा हुन लागेको हो,’ उच्च कूटनीतिक स्रोतले भन्यो, ‘त्यसका लागि एमसीसीको मुख्यालयबाटै परियोजना अघि बढाउँदा हुन्छ भन्ने सकारात्मक सन्देश आएको थियो ।’
आयोजनाहरूको ठेक्काको प्रक्रिया र जग्गा अधिग्रहणका सूचना प्रकाशित गर्ने क्रम शुरु भएको छ ।
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि हस्ताक्षर भएको एमसीसी कम्प्याक्टको एमओयूअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ भने नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने छ ।
सम्झौतामा नेपालको सदनबाट पारित हुनुपर्ने उल्लेख भएपछि विवाद उत्पन्न भएको थियो । लामो समय विवादमा फसेको एमसीसी नेपालको संसदले अनुमोदन गरेको १८ महिनापछि बुधबारदेखि कार्यान्वयनमा जाने भएको हो ।
उनी फर्किएलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भएको छ ।
यसअघि गत जुलाईको दोस्रो साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु पनि नेपाल आएका थिए ।
एलर्फोडले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित एमसीसी र अन्य परियोजना तथा स्थानीय सांस्कृतिक महत्वका क्षेत्रमा भ्रमण गर्नेछन् ।
साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
उनी १५ भदौमा कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया