पछिल्लो समय चर्चामा रहेका मोडल द्वय भिजु पार्की र एलिसा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ’उडी जाने जेट’ भिजु र एलिशाको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।
लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीतमा उदय राज पौडेलले संगीत संयोजन रहेको छ ।
डान्सिङ बिटमा रहेको यस गीतमा एलिशा शर्मा र भिजु पार्कीको आकर्षक नृत्य र अभिनय रहेको छ । नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ ।
प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन्
प्रविन भट्टको सम्पादन रहेको यस गीतका गायक सुदन गैरे अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आएका छन् । उनको यसअघि “सानी“ हिट भएको थियो । कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।
प्रतिक्रिया