US Khabar

एचडिएनपी अध्यक्ष देवी डेविड आचार्य सम्मानित

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

एचडिएनपी अध्यक्ष देवी डेविड आचार्य सम्मानित

घरबार बिहिन,असहाय,गरिव दुखिलाई सहयोग गर्ने संस्था (एचडिएनपी) अर्थात हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल इन्टरनेसनल अन्तर्राष्ट्रियका अध्यक्ष देवी डेविड आचार्य सम्मानित भएका छन् ।

आइतबार अगस्त २७ का दिन एक कार्यक्रमका बिच आचार्य र उनको संस्थालाई सम्मान गरिएको हो । फेसन सो विथ स्टार कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो ।

टेक्ससको ड्यालसमा आयोजीत फेसन सो विथ स्टार एण्ड फण्डराइजर कार्यक्रममा उनले घरबार बिहिनलाई बिगत १० बर्ष देखि निरन्तर सेवा तथा अमेरिकी समाजमा पुर्याएको योगदानको कदर गर्दै दि स्टिभ डिलवर्थ अवार्ड (एक्स्ट्रा माइल किङ्ग) देवी आचार्यको नाममा उनलाई अवार्ड प्रदान गरिएको हो । गत शनिबार पनि नेप्लीज अमेरिकन च्याम्वर अफ कमर्शको गाला कार्यक्रममा पनि आचार्य लगायतको समूहलाई एक अवार्ड मार्फत सम्मान गरिएको थियो ।

आचार्यको नेतृत्वमा सन् २०१२ मा अमेरिकाको टेक्ससमा स्थापाना भएको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) स्थापना भएको संस्थाले टेक्ससको ड्यालसको सेरोफेरोमा रहेका घरबारबिहिन, अशक्त तथा मागेर जीविका चलाउने नागरिकहरुलाई खाना खुवाउने, त्रैमासिक रक्तदान तथा काठमाडौंमा पशुपतिनाथ मन्दिर परिसरमा बस्ने बृद्ध तथा सडक बालबालिकाहरुलाई खाना खुवाउने गर्दछ ।

स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्नेदेखि गरिब, असहाय,घरबारबिहिनहरुलाई सशक्तिकरण गर्ने काम गरिरहेको यस संस्था नेपालीहरुद्वारा अमेरिकामा दर्ता भएको गैर मुनाफामुखी संस्था हो । यस संस्थाले हाल अमेरिका, अफ्रिका र नेपालमा बिभिन्न सामाजिक काम गर्दै आईरहेको छ ।

तस्बीरः रिपोर्टर्स क्लव अमेरिका

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">