US Khabar

टेक्सासको नेपाली डाक्टर क्लीनीकमा घरमै बसेर चेक गराउन सकिने

- Admin | ३ वर्ष पहिले प्रकाशित

टेक्सासको नेपाली डाक्टर क्लीनीकमा घरमै बसेर चेक गराउन सकिने

टेक्सास, टेक्सासको ड्यालासमा नेपाली डाक्टरहरुले सन्चालन गरिरहेको क्लीनीक टेक्सास प्राईमेरी केयर स्पेशलिस्ट क्लीनीकमा घरमै बसेर चेक जांच गराउन मिल्ने भएको छ । ड्यालासमा रहेको प्राईमेरी केयर क्लीनीकमा टेलेमेडिसीन भिजीट अर्थात् भिडियो कल मार्फत घरमै बसेर डाक्टरहरुसंग आफ्नो जांच गराउन मिल्ने ब्यवस्था गरिएको छ । हाल अमेरिकामा रहेका धेरै डाक्टरहरुले दिईरहेको यो सेवाबाट बिरामीले प्रत्यक्ष रुपमा डाक्टरलाई भेटे जस्तै सबै रोगहरुको जांच गराउन मिल्ने क्लीनीकका डाक्टर मन्दीप आर्चायले बताउनुभयो । डाक्टर आचार्यका अनुसार सुन्दा अलि फरक सुनिए पनि यो प्रविधी निकै ब्यवहारीक भएको र धेरै बिरामीले सहजता पुर्वक चेक जांच गराईरहेको बताउनुभयो ।

हाल फैलिरहेको महामारीले अन्य रोगका बिरामी पनि डाक्टर क्लीनीकमा जांदा कोरोना भाईरसको संक्रिमितसंग सम्पर्क आउने डर हुने भएकोले पनि यो प्रबिधी धेरै ब्यवहारीक भएको क्लीनीमा कार्यरत डाक्टर बिश्वास उपाध्यायले बताउनुभयो । डाक्टर उपाध्यायका अनुसार आफुहरुले कुनै बिरामीलाई कोरोनाको आशंका लागेमा चेक गर्नका लागि रिफर पनि गर्न सक्ने तथा औषधीहरु फार्मेसीमा अर्डर गर्न मिल्ने बताउनुभयो ।

क्लीनीकमा कार्यरत बालरोग बिशेषज्ञ डाक्टर अमित बजाजका अनुसार हाल सिजनल फ्लु लगायतका समस्याबाट पनि समुदायका धेरै बच्चाहरु बिरामी पर्ने गरेको र आफुले भिडियो कलबाटै सहज रुपमा उपचार गर्ने गरेको बताउनुभयो । क्लीनीकमा ईन्सुरेन्स हुने या नहुने दुबैले फोन नम्बर ९७२६४३८७२७ मा सम्पर्क गरी डाक्टरहरुसगंको समय लिन सक्नेछन् भने आफ्नो अपोईन्टमेन्ट टाईममा सहज रुपमै फोन या कम्प्युटरबाट टेलेमेडिसेन कल गर्न सकिने छ ।

टेक्सास प्राईमेरी केयर स्पेसलिष्ट क्लीनीकमौ सबै खाले रोगको साथै बालरोग बिशषेज्ञसंग जांच गराउन मिल्ने छ । यस क्लीनीकबाट सेवा लिन हाल टेक्सास राज्यभर र नेभडा राज्यमा रहनुभएकोले सबै रोगको सेवा लिन सक्नुहुनेछ भने बालरोग सम्बन्धी सेवा लिन टेक्सास, विस्कन्सन र क्यालिफोर्नियाबाट पनि सक्नुहुने डाक्टर अमित बजाजले जानकारी दिनुभयो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">