US Khabar

सुदुरपश्चिम समाज अमेरिका न्युर्याेकमा आयोजना भब्य गौरा

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

सुदुरपश्चिम समाज अमेरिका न्युर्याेकमा आयोजना भब्य गौरा

सुदुरपश्चिम समाज अमेरिका न्युर्याेकको आयोजना ज्याक्सनहाईटमा भब्य गौरापर्व मनाईएको छ । शुक्रबार न्यूयोर्कको ज्याक्सन हाईटमा सुदूरपश्चिम नेपाली समाज न्युयोर्कले आयोजना गरेको गौरा पर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनकतामा धुमधाम सहित सम्पन्न भएको छ ।

सुदूरपश्चिम नेपाली समाज न्युयोर्कद्वारा शुक्रबार सत्यनारायण मन्दिरको परिसरमा आयोजना गरिएको गौरा पर्बमा सुदूरपश्चिमेलीहरुले धित मरिन्जेल गौरा तथा डेउडा खेल संगै गौरा मनाएका थिए । न्युयोर्क स्थित महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख अतिथित्यतामा सम्पन्न कार्यक्रमको सभापती सुदूरपश्चिम नेपाली समाज न्युयोर्कका अध्यक्ष रामबहादुर देउवा, सुदूरपश्चिम नेपाली समाज न्युयोर्कका उपाध्यक्ष दान सिंह विष्टले स्वागत मन्त्ब्य ब्यक्त गरेका थिए । गैरआवासीय नेपाली सँघ न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्तबहादुर मल्ल, नेपाली जनसम्पर्क समिती अमेरिकाका महासचिब मुनेन्द्र नेम्वाङ, रोटरी क्लव अफ क्यून्सका अध्यक्ष हंसराज जोशीले गौरा पर्वको शुभकामना सहितको मन्तब्य व्यक्त गरेका थिए भने उपाध्यक्ष नविन ओझाले उक्त कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रममा गैरआवसीय नेपाली संघका आइसीसी सदस्य पदम ठकुराठी, सामाजिक अभियान्ता नवराज केसी लगायतको सहभागीता रहेको थिए ।

कार्यक्रमको संयोजन नबिन ओझा, रैभान महरा, टेक बहादुर साउद लगायतले गौरा ब्यवस्थापन एबंम सास्कृतिक, खाना ब्यवस्थापन लगायत सम्पूर्ण कार्यक्रमको संयोजन गरेका थिए ।

गौरा पर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौसम्म देउडा खेलिन्छ । यो सुदूरपश्चिमको  ऐतिहासिकधार्मिक महत्व  पहिचान पनि भएकाले यस्तो कार्यक्रमको निरन्तरता प्रत्येक बर्ष आवश्यक रहेको  सुदूरपश्चिम नेपाली समाजका बोर्ड अफ डाईरेक्टर भिम खत्रीले बताएका छन् ।

यो विधाले लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">