US Khabar

च्याम्वरको गाला डिनर भोली, सांसद वाग्लेसंग अन्तरक्रिया बज्राचार्यको सांगितीक प्रस्तुती

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

च्याम्वरको गाला डिनर भोली, सांसद वाग्लेसंग अन्तरक्रिया बज्राचार्यको सांगितीक प्रस्तुती

नेप्लिज अमेरिकन च्याम्वर अफ कमर्श डालसको बार्षिक गाला डिनर शनिवार  अर्थात भोली आयोजना हुदैँछ । हरेक बर्ष झै यस बर्ष पनि गाला डिनर केही फरक र उपलब्धी मूलक बनाउने तयारीमा आयोजक रहेको छ । यस पटकको गाला कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टिका सांसद डा.स्वर्णिम वाग्ले बक्ताका रुपमा रहने छन् । सांसद वाग्लेसंग सहभागीले साक्षात्कार र अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन् । कार्यक्रमको अर्काे आर्कषणका रुपमा रहेनछन्, बरिष्ट संगितकार तथा गायक न्ह्यू बज्राचार्य । कार्यक्रममा बज्राचार्यले आफ्ना गित सहितको सांगितीक प्रस्तुती दिने छन् ।

नेप्लिज अमेरिकन च्याम्वर अफ कमर्श डालसले हरेक बर्ष आफ्ना सदस्य तथा ब्यापारी, सामाजिक अभियान्ता तथा शुभेच्छुकको उपस्थितीमा गाला डिनर कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बर्षभर सामाजिक क्षेत्रमा कृयासील तथा सामाजिक अभियान्ताहरुलाई सम्मान समेत गर्ने गरिन्छ । गाला कार्यक्रममा ब्यवसाय तथा ब्यापारमा नेपाली समुदायलाई सहयोग पुगाउने उद्धेश्य सहित बिभिन्न बैक, बित्तिय संस्था, ब्यापारीक घरानाका ब्यक्तिहरु, सफल ब्यवसायीहरु तथा बिज्ञहरुलाई सहभागी बनाई अन्तरक्रिया गर्ने गरिन्छ ।

यस बर्षको गाला कार्यक्रमको अनलाईन टिकट सबै बिक्रि भईसकेको र वाक इन टिकट कार्यक्रम हलमा पाइने ब्यवस्था मिलाईएको आयोजकले जनाएका छन् । द विस्टीन डिफडब्लु होटल, अभिंगमा आयोजना गरिएको कार्यक्रम साँझ ठिक ५ः३० मा सुरु हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">