US Khabar

धनुषामा किशोरीमाथी सामुहिक बलत्कारका १९ बर्षिय आरोपी पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

धनुषामा किशोरीमाथी सामुहिक बलत्कारका १९ बर्षिय आरोपी पक्राउ

भदौ १ गते धनुषामा किशोरीमाथी सामुहिक बलत्कारको घटनाका एक आरोपी पक्राउ परेका छन् । भदौ १ गते साँझ ६ बजे १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका वडा नम्बर २ धरमपुरका १९ वर्षीय विजयकुमार यादव पक्राउ परेका हुन् ।

आफ्नी दिदीको घर जाँदै गरेकी ती किशोरीलाई मोटरसइकलमा आएका चार जना युवकको समूहले धरमपुरस्थित धान खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार किशोरीको साथमा रहेका उनका दाजु पर्ने दुई जना पनि भएको तर उनिहरुलाई ती युवकहरुले कुटपिट गरी लखेटेर किशोरीमाथि बलात्कार गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">