US Khabar

भारत बन्याे चन्द्रमा पुग्ने चाैथाे मुलुक, ‘चन्द्रयान-३’ सफलतापूर्वक अवतरण

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

भारत बन्याे चन्द्रमा पुग्ने चाैथाे मुलुक, ‘चन्द्रयान-३’ सफलतापूर्वक अवतरण

भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सफल भएको छ। भारतले १४ जुलाईमा पठाएको चन्द्रयान-३ बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो। यससँगै चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गराउने भारत पहिलो देश पनि बनेको छ भने विश्ममा चाैथाे मुलुक बनेकाे छ ।

इसरोका अनुसार चन्द्रयान-३ ले दक्षिणी ध्रुवमा अनुसन्धान गर्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल अवतरण गराउने इसरोका वैज्ञानिकहरूलाई धन्यवाद दिए।

उनले यससँगै भारतको कथन बदलेको बताए।  उनले भने ‘यो कथनमा मात्र सीमित रहेन। भारत रियालिटीमा परिणत गरेर देखाएको छ। भारतको लागि अब चन्द्रमा टाँढा रहेन,’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">