चितुवाको आक्रमणबाट नेपालमा धेरै जनाको ज्यान गएको घटना नौलो होईन । तनहुँमा पनि चितुवाको आक्रमणबाट धेरै बालबालिकाको ज्यान गएको घटनापनि ताजा नै छ । तर लमजुङका एक बृद्धले यस पटक चितुवालाई पराजित गरेका छन् । लमजुङको बेसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा मानिसलाई आक्रमण गर्न गाउँ पसेको चितुवालाई ६७ वर्षीय बृद्धले प्रतिकार गर्दा चितुवाको मरेको छ ।
आज बिहान ६ बजेतिर गाउँ पसेको चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि स्थानिय ६७ वर्षीय हरिबहादुर थापाले प्रतिकार गर्न खोजे । चितुवा र हरीबहादुरको केही बेर घम्साघम्सी पर्यो । यो दृश्य डरलाग्दो थियो, चितुवासंग यस उमेरका मान्छेको भिडन्त सामान्य पनि होईन, चितुवाले थापालाई मार्छ भन्ने लागेको थियो सबैलाई तर उनले बोकेको हँसियाले चितुवालाई प्रहार गरे जसका कारण आक्रमक चितुवा मारियो ।
चितुवासंगको भिडन्तमा थापा घाईते भएका छन् उनको लमजुङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि रेविजको खोपका लागि काठमाडौं रिफर गरिएको छ भने मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।
प्रतिक्रिया