US Khabar

२ शव सहित २६४ जना नेपाली दुबईबाट स्वदेश फिर्ता

- Admin | ३ वर्ष पहिले प्रकाशित

२ शव सहित २६४ जना नेपाली दुबईबाट स्वदेश फिर्ता

विश्वप्यापी महामारी कोभिड १९ पछि दुबईमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गरिएको छ । नेपाल एअरलाइन्सको वाइड बडी ए ३३० विमान मार्फत दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपालीलाई आज स्वदेश फिर्ता गरिएको हो ।

आज फिर्ता गरिएका नेपालीहरु मध्य २ वटा शव पनि सोही बिमानमार्फत फिर्ता गरिएको छ । जसमा यूएईमा ज्यान गुमाएका लुक बहादुर कुँवर र कृष्णबहादुर खड्काको शव रहेको छ । आज स्वदेश फिर्ता भएका नेपालीहरु यस अघि नै नेपाल फर्कने तयारीमा रहेका नेपालीहरु हुन् । नेपाल फर्कनका लागि २ सय ७० जनाले टिकट काटेका थिए । सोमबार नै फिर्ता गर्ने भनिएको उनिहरुको काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै  संक्रमणको जोखिम हुनसक्ने भन्दै उद्धारको लागि यूएई पुगेको बिमान रित्तै फर्किएको थियो ।

बिदेशमा अलपत्र परेका नेपालीको अवस्थालाई ध्यानमा नराखी सरकारले गरेको निर्णयको चौतर्फी विरोध भएपछि सरकारले पहिले काटेको पुरानै टिकटमा २ सय ६४ जनालाई स्वदेश फिर्ता गरेको हो । ६ जना नेपाली भने कागजात नमिलेका कारण युएईमा नै रोक्कीएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">