US Khabar

प्रसुतीगृह थापाथलीमा कार्यरत २ डाक्टर सहित ८ जनामा कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रसुतीगृह थापाथलीमा कार्यरत २ डाक्टर सहित ८ जनामा कोरोना संक्रमण

प्रसुतीगृह थापाथलीमा कार्यरत डाक्टर सहित ८ जनामा कोरोना संक्रमण भएको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौका २ जना डाक्टर सहित आठ जनालाई कोरोना सङक्रमण पुष्टि भएको हो।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर संगिता मिश्रा अनुसार ८९ जना कर्मचारीमा गरिएको नमुना परीक्षणमा २ डाक्टर सहित ८ जनामा सङक्रमण देखिएको हो । उनका अनुसार संक्रमण पुष्टी भएका सबैलाई आइसोलेशनमा राखिएको छ ।

विश्वब्यापी महामारी कोरोना संकमण नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन सुरु गरिएको भएपनि नेपालमा दिनानुदिन मृतक र संक्रमितको संख्या बढ्दै गएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ भने १८ हजार ६ सय ३१ ज्ना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">