US Khabar

नेपालमा थप ३ जना संक्रमितको मृत्यु – मृतकको संख्या १४९ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा थप ३ जना संक्रमितको मृत्यु – मृतकको संख्या १४९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसंगै मृतु हुनेको संख्या १४९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु भएका ३ जनामा झापाका ५८ बर्षिय पुरुष पर्साकी ५८ बर्षिया महिला र सिरहाकी ३३ बर्षिया महिला रहेका छन् ।

विश्वब्यापी महामारी कोरोना संकमण नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन सुरु गरिएको भएपनि नेपालमा दिनानुदिन मृतक र संक्रमितको संख्या बढ्दै गएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ भने १८ हजार ६ सय ३१ ज्ना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">