US Khabar

सिन्धुपाल्चोक पहिरोमा पुरिएका ३२ जनाको शव फेला – ७ जना अझै बेपत्ता

- Admin | ३ वर्ष पहिले प्रकाशित

सिन्धुपाल्चोक पहिरोमा पुरिएका ३२ जनाको शव फेला – ७ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरोमा पुरीएका मध्य ३२ जनाको शव फेला परेको छ । साउन ३० गते गएको पहिरामा पुरिएका उनिहरु मध्य लगातारको प्रयासपछि अहिले सम्म ३२ जनाको शव फेला परेको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै स्थानियको पहलमा पहिरो पन्छाएर निकालिएकाहरुमा आज भेटिएका शव ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको रहेको छ ।

यस अघि बिहिबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव फेटिएको थियो ।

३७ घरको क्षति भएको यस पहिरोमा ३९ जना बेपत्ता भएका थिए। जसमध्य ३२ जनाको शव फेला परेको छ भने पुरिएका बाँकी ७ जनाको खोजी कार्य जारी छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">